कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार

 माघ २८, २०७९ शनिबार ७:८:२७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - जिल्ला अस्पताल कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताउनु भयो । उहाँलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयूमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको अस्पतालले प्रशासनले जनाएको छ ।

हवाई उद्धारका लागि कर्णाली प्रदेश सभा सदस्य माननीय दुर्ग रावत, प्रमुख जिल्ला अधिकारी जोरा सिङ माझी र सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले आवश्यक समन्वय गर्नु भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • याम बहादुर पुन

    Feb. 11, 2023, 6:34 p.m.

    खुसी को खबर सधैं यस्ता घटना मा नेपाल सरकार र उधर कर्मी को ध्यान जवास उक्त घटना मा मात्र नभएर अन्य दुर्गम ठाउँका यस्तै जटिल बिरामी लाई सधैं उधार रहोस जय नेपाल

  •  0 Reply

तपाईको प्रतिक्रिया