टर्की भूकम्प : १३२ घण्टापछि ७ वर्षीया बालिकाको जीवितै उद्धार, ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघ्यो

 माघ २९, २०७९ आइतबार ६:५०:१० | एजेन्सी
unn.prixa.net

टर्कीमा भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ ।

हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्प गएको एक सय घण्टापछि जीवितै उद्धार हुनेको सङ्ख्या कम्तीमा १० जना पुगेको छ ।

यसैबीच सोमवार टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको छ । टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरी २८ हजार १ सय ९२ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

यसैबीच भूकम्प प्रभावित टर्कीमा सेनाले लुटपाटको आरोपमा कम्तीमा ५० जनालाई पक्राउ गरेको छ भने केही बन्दुक बरामद गरेको बीबीसीले जनाएको छ । यसअघि नचिनेका समूहबीच झडप हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया