न्युजिल्यान्डमा गेब्रियल चक्रवात : हजारौँ घर बिजुलीविहीन, राष्ट्रिय आपत्काल घोषणा

 फागुन २, २०७९ मंगलबार ६:३०:५१ | एजेन्सी
unn.prixa.net

न्युजिल्यान्डले राष्ट्रिय आपत्काल घोषणा गरेको छ । गेब्रियल नामको चक्रवातले नर्थल्यान्डमा ठूलो बाढी र पहिरो निम्त्याएपछि आपत्कालीन व्यवस्थापन मन्त्री केइरन म्याकअनल्टीले घोषणामा हस्ताक्षर गर्नुभएको हो ।

न्युजिल्यान्डको इतिहासमा यो तेस्रो पटक राष्ट्रिय आपत्काल घोषणा गरिएको हो । यसअघि क्राइस्टचर्च आतङ्ककारी हमलापछि सन् २०१९ मा र कोभिड महामारीको बेला सन् २०२० मा आपत्कालको घोषणा भएको थियो । अहिले चक्रवातका कारण समुद्री छालहरु पनि उठिरहेका छन् ।

न्युजिल्यान्डमा भारी वर्षा र तीव्र हावाका कारण ३८ हजारभन्दा बढी मानिसले घरमा बिजुली गुमाएका बीबीसीको खबरमा उल्लेख छ । ५ सयभन्दा बढी उडानहरू रद्द भएकाले दश हजार हवाई यात्रु प्रभावित भएका अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

न्युजिल्यान्डको मौसम विज्ञान एजेन्सी, मेटसर्भिसले अकल्यान्डको उत्तरी सहर वाङ्गरेइमा पछिल्लो २४ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको बताएको छ । चक्रवातले अझै भीषण वर्षा र बलियो हावाबाट क्षति ल्याउन सक्ने अनुमान गरिएकोले मानिसहरूलाई यात्रा नगर्न भनिएको छ । अकल्यान्ड र उत्तरी टापुमा धेरै विद्यालय र स्थानीय सरकारी कार्यालयहरु पनि बन्द छन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया