एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने

 फागुन ३, २०७९ बुधबार ६:४४:४० | एजेन्सी
unn.prixa.net

भारतकाे टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।

फ्रान्सको जहाज निर्माता कम्पनी एअरबसबाट एकैपटक दुई सय ५० वटा विमान खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गर्नुभएको छ । भर्चुअल रुपमा भएको घोषणा कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको थियो ।

सम्झौतामा ४० वटा ए–३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुने समाचार संस्था एएनआईले जनाएको छ ।     
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया