चुनाव खर्च नबुझाउने उम्मेदवारलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

 फागुन ४, २०७९ बिहिबार १९:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले चुनाव खर्च विवरण नबुझाउने पालिकाका उम्मेदवारलाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले जरिबाना तोकेका उम्मेदवारलाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । निर्वाचन आयोगले गएकाे वैशाखमा भएको पालिका चुनावमा प्रतिस्पर्धा गरेका तर खर्च विवरण नबुझाएका उम्मेदवारलाई जरिबाना तिराउने निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध काठमाण्डाै महानगरका मेयर शाहले सर्वोच्चमा रिट दिनुभएको हो ।

सर्वोच्चको आदेशसँगै जरिबाना बुझाउन बाँकी झन्डै १७ हजार जना जनप्रतिनिधिलाई तत्कालका लागि राहात भएको छ । आयोगले जरिबाना बुझाउन दिएको छ महिनाको समयसीमा यही फागुन मसान्तमा सकिँदैछ । फागुन मसान्तभित्र जरिबाना नबुझाएमा पद नै गुम्ने निर्वाचन आयोगले चेतावनी दिँदै आएको थियो ।

निर्वाचन आयोगले पालिका चुनावमा निर्वाचित र पराजितसमेत गरी एक लाख २३ हजार छ सय २४ जना उम्मेदवारलाई जनही न्यूनतम डेढ लाख रुपैयाँदेखि साढे सात लाख रुपैयाँसम्म जरिबाना तोकेको छ । सबै उम्मेदवारले तोकिएको जरिबाना तिरेमा साढे २४ अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन हुन्छ । जरिबाना तोकिएका मध्ये कतिपय उम्मेदवारले भने जरिबाना तिरेर प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दिएका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kisan bahadur khatri

    Feb. 17, 2023, 6:41 a.m.

    निर्बाचित उम्मेद्वार्लाइ जरिवाना गर्नु भनेको पुर्ण भरस्टार्लाइ बढाउने कोसिस गर्नु हो, यो अनुचित छ । पुनरबिचार गरियोस।

  •  0 Reply

तपाईको प्रतिक्रिया