पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा आक्रमण

 फागुन ६, २०७९ शनिबार ६:३९:१५ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति आक्रमण भएको छ । ६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका हुन् ।

घटनापछि केन्द्र सरकार सिन्ध सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको पाकिस्तानको गृह मन्त्रालयले जनाएको छ । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षा सतर्कता बढाइएको बीबीसी हिन्दीमा उल्लेख छ । 

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिनुभएको हाे । साथै उहाँले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । यो आक्रमणको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको बीबीसी हिन्दीले जनाएको छ । घटनाबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया