कांग्रेको अवरोधका कारण कर्णाली प्रदेश बैठक भोलिसम्मका लागि स्थगित

 जेठ २४, २०७५ बिहिबार १८:१२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश सरकारले गरेका कामप्रति असन्तुष्ट जनाउँदै बिहीबारको बैठक अवरोध गरेका थिए । बिहीबार ३ बजेका लागि बैठक राखिए पनि ४० मिनेटपछि मात्र बैठक सुरु भएको थियो ।

बैठक सुरु भएको चार पाँच मिनेटमै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले आफै मनपरी ढंगले अघि बढेको भन्दै विरोध गरेका थिए । संसद अवरोध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको थियो ।

सरकार पक्ष र प्रतिपक्षबीच छलफल भए पनि सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको रातो किताब ननिकालेसम्म र पुरानो हिसाबकिताब सार्जजनिक नगरेसम्म संसद चल्न नदिने नेपाली कांग्रेसले अडान राखको छ ।

प्रदेश सचिवालयले शुक्रबार ३ बजेसम्मका लागि स्थगित गरेको सूचना निकालेको  छ । सभामुख राजबहादुर शाहीले  प्रतिपक्ष तर्फका सांसदहरुले राखेका मागहरुप्रति छलफल गरेर निष्र्कष पुग्न समय लाग्ने भएकाले शुक्रबारसम्मको लागि बैठक स्थगित गरिएको बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि छुट्टाइएको बजेट ल्याएलगत्तै रातो किताब निकाल्ने भने पनि अहिलेसम्म ननिकालेको र आफ्नो मनलाग्दी हिसाबले बजेट विनियोजन  गरेको प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ ।

‘सरकारले हामीले राखेका मागहरुप्रति संवेदनशिल भएको पाएनौँ । पटक–पटक संसदमा कर्णाली रारा पर्यटन वर्षको उद्घाटनका समयमा गरिएको खर्च सार्वजनिक गर्न ध्यानाकषर्ण गरायाँै । बजेट आएपछि रातो किताब निकाल्ने भनेर सरकारले संसदमा नै भनेको थियो’,  नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले भन्नुभयो, ‘आजको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो । छलफलमा सरकार हाम्रो मागप्रति त्यति गम्भीर भएन् । अब हामीले मुख्यमन्त्रीसहित नै छलफल गर्ने भनेका छौँ । हामीले राखेका माग पूरा नभएसम्म हामी संसद चल्न दिदैनाैं ।’

पहिले ल्याएको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा वेवास्था गरेको र पुरानो हिसाबकिताब सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै सांसदहरु बैठकमा उठेर अवरोध गरेका थिए । कांग्रेसका संसदीय दलका नेता शाहीले काठमाडौँमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरुलाई जर्सीको व्यवस्था नगरेको, सुर्खेतकै सडक अवस्था नसुध्रिएको र अहिलेसम्म सरकारले कर्णाली रारा पर्यटन वर्षको खर्च पनि सार्वजनिक नगरेको भन्दै बैठकमा कांग्रेस सांसदहरुले अपत्ति जनाएका थिए ।

प्रदेश सरकारले शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि आफूहरुलाई थाहा नभएको भन्दै प्रतिपक्ष दलले आपत्ति जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया