साप्ताहिक शेयर समीक्षा :  लाभांशले दसैँ तिहार खर्च आउला जस्तो छैन

 असोज २६, २०७५ शुक्रबार १८:२६:५७ | ज्याेति दाहाल
unn.prixa.net

पहिलो त्रयमासको समाप्ति र दसैँको दबाब हुँदाहुँदै पनि शेयर कारोबारमा निरुत्साहित हुनु नपर्ने गरी सन्तोषजनक कारोबार भएको छ ।

ब्याजदरमा हुनसक्ने वृद्धि र बैंकमा लगानीयोग्य रकमको अभाव हुने हल्ला हुँदाहुँदै पनि बजारले भने त्यसको ठिक उल्टो प्रतिक्रिया जनाएको छ। पहिलो  त्रयमास र महिनाको पनि अन्तिम साताको कारोबार सन्तोषजनक स्थानमा उभिएको छ ।

कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंकले लाभांश घोषणा गर्लान् भन्ने आशमा बस्दा बस्दै निराशा हात लागेको छ । वाणिज्य बैंकले बेलैमा साधारणसभा गर्लान् र लाभांशले दसैँ खर्च टारौला भनेर बसेका लगानीकर्ताले तिहार खर्च पनि पाउलान् जस्तो छेकछन्द नदेखिँदा अब मंसिरमा धान थन्क्याउने खर्च पाइने भो भन्ने ठट्टा समेत चल्न थालेको छ ।

कारोबार रकम गएको हप्ता भन्दा कारोबार रकम आगिल्लो साता भन्दा ३२ दशमलब ९१ प्रतिशतले घटेको छ ।

यस हप्ताको गतिविधि तालिकामा देखाइएको छ ।

रकमको हिसाबले उच्च कारोबार भएका कम्पनी निम्न रहेका छन |

माछापुच्छ्रे बैंक

१४,४४,८०,०००

एनआईसी एसिया बैंक

६,८२,३०,०००

एनएमबी बैंक

५,९३,२०,०००

सानिमा माई हाइड्रोपावर

५,८७,८०,०००

नाडेप लघुवित्त

५,५३,२०,०००

नेपाल लाइफ इन्सुरेन्स

५,५२,१०,०००

नेपाल बैंक

४,८८,९०,०००

चिलिमे जलविद्युत कम्पनी

४,४६,९०,०००

मेगा बैंक

४,४३,३०,०००

प्रभु बैंक

५,३४,२०,०००

 

यस साता माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै ६ लाख ७६ हजार कित्ता शेयर कारोबार भएर पहिलो भएको छ । त्यसपछि क्रमशः मेगा, सिभिल, सानिमा माइ रहेका छन् । दशौँ स्थानमा नेपाल बैंक रहेको छ । नाडेप लघुवित्तको ३१ सय १८ वटा कारोबार भएर पहिलो भयो । त्यसपछि पन्चकन्या माइ हाइड्रोपावर, मेगा बैंक, माछापुच्छ्रे, सानिमामाई हाइड्रोपावर रहेका छन् । दशौँ स्थानमा सिभिल बैंक रहेको छ।

साताको सूचीकरण

पन्चकन्या माई हाइड्रोपावर   साधारण

कालिका पावर                 साधारण

मिर्मिरे लघुवित्त                 हकप्रद

 

सूचकको उतारचढाव

नेप्से सूचक र समूहको उतारचढाव निम्न बमोजिम रहेको छ ।

नेप्से सूचक पहिलो दिनको तुलनामा दोस्रो दिन बढेर तेस्रो दिन घट्दै चौथो दिन बढेर पाँचो दिनमा पहिलो दिनको तुलनामा झन्डै १३ अंकले बढेको छ । अन्य समूहमा आएको सूचकको बढोत्तरीले समग्र सूचक बढेर बन्द भएको छ ।

लाभांश घोषणाको आशामा वाणिज्य बैंक समूह बढेको देखिन्छ । यो समूहको सूचक सातामा १८ अंकले बढेको छ | केही विकास बैंकको लाभांश घोषणा हुन बाँकी रहेकोले यो समूह पनि बढेको छ । साधारणसभा गर्ने अनिश्चितता हुने बीमा कम्पनीको सूचकमध्ये जीवन समूह घटेको छ भने निर्जीवन समूह बढेको छ । अन्य समूहमा कुनै समूह घटेका छन् भने कुनै बढेका छन् ।

नयाँ शेयर/हकप्रद

चालु रहेका अन्य शेयर/हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

घोषित लाभांश

पारित लाभांश

लाभांश घोषणा भए पनि साधारणसभा नभएसम्म घोषित लाभांश केवल घोषणामा नै सीमित रहन्छन् । पारित भएका लाभांशको सूची तालिकामा प्रस्तुत गरिएको छ।

साधारणसभा

कम्पनीहरुले साधारणसभा समेत सुरु गर्न थालेका छन् ।

मनोनयन, नियुक्ति

स्वरोजगार लघुवित्तमा संस्थापक समूहको तर्फबाट ज्ञानेन्द्रप्रसाद पाण्डे, होमकान्त चौलागाई र रामबाबु सिलवाल सञ्चालकमा चयन भएका छन । सञ्चालकको सभाले ज्ञानेन्द्रप्रसाद पाण्डेलाई अध्यक्षमा चयन गरेको छ |

बोटलर्स नेपाल (तराई) लिमिटेडमा प्रसाद ज्ञवालीको सट्टामा निरज रिमाल सञ्चालक चयन भएका छन् । स्वदेशी लघुवित्तले गोबिन्दप्रसाद चापागाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको क्यापिटल मर्चेन्ट बैंकिङ फाइनान्समा चिरन्जीवी थापा र निरन्जनसिंह बस्नेतलाई संस्थापकतर्फबाट तथा जगतराज खनाल (हिमालयन विल्डर्स एण्ड इन्जिनियर्स प्रालिका तर्फबाट) र भूपेन्द्रबहादुर बस्नेत, (एलाइट इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट ), कैलाशभक्त कारंजित (स्वतन्त्र) सञ्चालक मनोनय भएका छन ।

अन्य गतिविधि

धितोपत्र  बोर्डले हिमालय उर्जा विकास कम्पनीलाई स्थानीयतर्फको शेयर बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले दोलखा र रामेछाप जिल्लाका स्थानीयको लागि शेयर जारी गर्नेछ । यसैगरी चौतारी लघुवित्तलाई साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, शुभम पावर कम्पनी, रुरु जलविद्युत परियोजना, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, आशा लघुवित्त, स्पर्श लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ।


 

 

अन्तिम अपडेट: चैत १६, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया