पल शाहले उच्च अदालत पाेखराबाट सफाइ पाए

 फागुन १४, २०७९ आइतबार १९:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता पल शाहलाई उच्च अदालत पाेखराले बालयाैन दुराचारकाे मुद्दामा सफाइ दिएकाे छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

गएकाे भदाै २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुराचारकाे अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकाे थियाे । याे फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । यही निवेदनमाथि फैसला गर्दै उच्च अदालतले आज आइतवार सफाइ दिएकाे हाे । सफाइ पाएसँगै अब उनी रिहा हुनेछन् । 

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया