उडान अवतरण सामान्य हुँदै

 फागुन १९, २०७९ शुक्रबार ११:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भिजिबिलिटी बढ्न थालेसँगै सामान्य रुपमा उडान अवतरण हुन थालेको छ ।

बिहान भिजिबिलिटी १५ सय मिटरमा हुँदा काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको थियो । अहिले भने सामान्य रुपमा उडान अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म भइरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको र जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिँदा मौसम धुम्म भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । यसपालि  पश्चिमी निम्न चापीय प्रणाली पानी पार्ने गरी सक्रिय नहुँदा हिउँदमा खासै पानी पर्न सकेन । पानी नपर्दा प्रदूषण बढेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया