बझाङकाे चैनपुरमा नवजात शिशुकाे शव फेला

 फागुन १९, २०७९ शुक्रबार १३:१६:४४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङकाे जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेकाे बाहुँलीगाड किनारमा नवजात शिशुको शव फेला परेको छ।

बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। शिशुकाे शव फाल्नेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया