दूधकाे मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्याे

 फागुन १९, २०७९ शुक्रबार १९:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने दूधको मूल्य बढाएको हो । यसअघि किसानले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसा पाउने गरेकोमा यसलाई बढाएर ६५ रुपैयाँ ५० पैसा पुर्‍याएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।

किसानहरूले गाईवस्तुलाई खुवाउने पराल, दानालगायतको भाउ बढ्दा उत्पादन लागत बढेको भन्दै भाउ बढाउन माग गर्दै आएका थिए । बढेको मूल्य किसानले पाउने गरी सरकारले कच्चा दूधको भाउ बढाएको हो । किसानले पाउने दूधको भाउ लिटरमा नौ रुपैयाँभन्दा बढी बढेपछि अब उपभोक्ता मूल्य कम्तीमा १० रुपैयाँ बढ्ने छ ।

सरकारी स्वामित्वको डीडीसीले अहिले फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब यो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । व्यवसायीहरूले खुलारूपमा बेच्दै आएको दूध लिटरको एक सय रुपैयाँ वा त्योभन्दा बढीका दरले पनि बिक्री गरिरहेका छन् । अब सबै किसिमको दूधसँगै दुग्धजन्य बस्तुको भाउ बढ्नेछ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया