बुबाको सम्झनामा पुस्तकालय भवन निर्माण

 फागुन १९, २०७९ शुक्रबार २०:१२:१९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङकाे जयपृथ्वी नगरपालिका–१० चैनपुर घर भएका अर्जुनबहादुर सिंहले आफ्ना बुबाको सम्झनामा सदरमुकाम चैनपुरमा रहेको जिल्लाको सबैभन्दा पुरानो विद्यालय सत्यवादी मावीमा पुस्तकालय भवन निर्माण गर्नुभएकाे छ । 

एक तले भवनकाे निर्णमा सम्पन्न भएपछि शुक्रवार एक औपचारिक कार्यक्रम गरी सदरमुकामवासी सिंह परिवारले विद्यालयलाई भवन हस्तान्तरण गरेका छन् । स्वर्गीय बुबा ज्ञानबहादुरको सम्झनामा 'ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवन' नामकरण गरी भवनको चाबी विद्यालयका प्रधानाध्यापक रामदत्त उपाध्यायलाई बुझाइएकाे छ । ज्ञानबहादुर त्यही विद्यालयका पूर्वशिक्षक पनि हुनुहुन्थ्याे । पुस्तकालय भवन ४१ लाख ७३ हजार रुपैयाँमा निर्माण भएकाे हाे । 

भवन हस्तान्तरण समारोहमा सिंह परिवारले विद्यालय स्थापना गर्न आफ्ना पुर्खा जयपृथ्वीबहादुर सिंहसहित बुबाबाजेहरूको ठूलो योगदान रहेकाले अहिलेको पुस्ताले पनि केही योगदान गर्नुपर्छ भनेर बुबाको सम्झनामा पुस्तकालय भवन निर्माण गरेकाे बताए ।

भवन निर्माणका लागि सिंह परिवारलाई धन्यवाद दिँदै विद्यालयका प्रधानाध्यापक उपाध्यायले पुस्तकालय भवनलाई ई–लाइब्रेरीका रूपमा उपयोग गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया