मी टू अभियान: साजिद खानकाे तुच्छ व्यवहारबारे बिपाशा बासुले पनि मुख खाेलिन्

 असोज २७, २०७५ शनिबार २०:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

मी टू अभियान अन्तर्गत चलचित्र निर्देशक साजिद खानमाथि ३ जना महिलाहरुले यौन शोषणको आरोप लगाएका छन् । ती मध्ये अभिनेतृ तथा साजिद खानकी असिस्टेण्ट डाइरेक्टर सलोनी चोपडा, र्‍याचेल ह्वाइट तथा पत्रकार करिश्मा उपाध्यायले साजिदविरुद्ध खुलेर बोलिसकेका छन् ।

यसै घटनालाई लिएर निर्देशक साजिद खानले चलचित्र हाउसफुल ४ को निर्देशनको जिम्मेवारीबाट पन्छिसकेका छन् ।

यी ३ महिलाबाहेका बलिउडकी अर्की अभिनेतृ बिपाशा वासुलेसमेत साजिद खानका बारेमा आफ्नो अनुभव सार्वजनिक गरेकी छिन् । कुरा चलचित्र हमशकल्सको शुटिङको बेलाको हो ।

बिपाशाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘पुरुषहरुले शक्तिको दुरुपयोग गरेर कसरी महिलाहरुको शोषण गर्छन् भन्ने कुरा महिलाहरुले खुलेर बोल्न थालेकोमा मलाई ज्यादै खुशी लागेको छ । तर मलाई भने अहिलेसम्म त्यस्तो केही परेको छैन । साजिदको महिलाप्रतिको व्यवहार सधैं यस्तै हुन्छ । उसको व्यवहारले फिल्मको सेटमा मलाई पनि डिस्टर्ब गथ्र्यो । उ सबैको अगाडि अपशब्द भएको जोकहरु गथ्र्यो । महिलाप्रति उसको व्यवहार असभ्य प्रकारको हुन्थ्यो ।

’बिपाशाले अगाडि लेखेकी छिन् , ‘ उसले मसँग भने त्यस्तो केही गर्ने प्रयास गरेन । यदि यस्तो हुन्थ्यो भने म सन् २०१४ मै उसको विरुद्ध आवाज उठाउँथेँ । म आफ्ना कुराहरु राख्न सक्षम छु र आफ्नो बेइज्जती बिल्कुलै सहन सक्दिन ।’


उनले लेखेकी छिन्, ‘मलार्इ सबैले साजिदसँग धेरै कुरा नगर्नू भन्ने गर्थेँं किनकी हामी उसको श्रेणीसम्म पुग्न सक्दै्नथ्यौं । मैले एक पेशेवर अभिनेतृका हिसाबले आफ्नो काम पूरा गरेँ । यो फिल्मपछि मैले साजिदसँग काम नगर्ने निर्णय गरेँ ।’

उनले अझै अगाडि लेखेकी छिन्, ‘तनुश्रीलाई सलाम । उनले कैयौं महिलाहरुलाई खुलेर बोल्ने हिम्मत प्रदान गरिन् । पुरुषहरुले यी महिलाहरुको फाइदा उठाउँदै आएका थिए ।यस्ता पुरुषहरु महिलाहरुका अगाडि आफ्नो शक्ति र दर्जाको धाक देखाउँछन् ।’

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया