आजकाे माैसम : तराईमा हावाहुरी र पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा

 फागुन २१, २०७९ आइतबार ७:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तराईका केही जिल्लामा आज दिउँसो पछि हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो पछिको समयमा हावाहुरीको गति बढ्ने अनुमान रहेकाले यो समयमा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

यस्तै, आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ भने कोशी र बाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद् गोविन्द झाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया