हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुको शव संकलनको काम सुरु

 असोज २८, २०७५ आइतबार ९:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – गूर्जा हिमालको आधारशिविरमा हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुको शव संकलनको काम सुरु भएको छ ।

पोखराबाट गएको हेलिकोप्टर गुर्जा गाउँमा अवतरण गरेको र दक्ष चालकसहित उद्धारकर्मी, प्रहरी र नेपाली सेनाको टोली आधारशिविर तर्फ जाने तयारीमा रहेको  गण्डकी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

शव अफ्ठ्यारो खोँंचमा रहेकाले संकलन गर्न जटिल भएको उहाँले बताउनुभयो । म्याग्दीको गूर्जा हिमाल आरोहण गर्न गएका ४ नेपाली र ५ कोरियाली नागरिकमध्ये आठजनाको शव देखिएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । 

बेपत्ता एक जनाको खोजी पनि गरिने प्रहरीले जनाएको छ । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गएको टोलीमा नेपाली नागरिक वाङचु शेर्पा, तेन्जिङ भोटे र लाक्पा साङ्बु भोटे तथा कोरियाली नागरिक यु योङ्जीक, रिम इल जिन र लि जाई हुन रहेका छन् । दुई जना भने गुर्जा गाउँकै हुन सक्ने प्रहरीको अनुमान छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया