पीएनजीसँगको खेलमा नेपालका आशिफको शतक : एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका दोस्रो खेलाडी

 फागुन २५, २०७९ बिहीबार १२:५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा अहिले नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १ बलमा सय रन पूरा गरे ।

आशिफले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरे । योसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा उनको एक हजार रन पनि पूरा भएको छ । एकदिवसीयमा एक हजार रन पूरा गर्ने आशिफ दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान रोहित पौडेलले एक हजार रन बनाएका थिए । आशिफ १ सय १० रनमा आउट भए । 

आज कुशल भुर्तेल ४५ तथा ज्ञानेन्द्र मल्ल ११ रन र कुशल मल्ल २ रनमा आउट भए । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ ।

त्यस्तै एकदिवसीय मान्यता कायमै राख्न दुई खेल जित्नुपर्ने दबाब छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया