नेभिगेशन
शनिबार, असोज १७, २०८३

एमालेकाे प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला

काठमाण्डाै – नेकपा एमालेकाे प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला नियुक्त हुनुभएकाे छ । 

आइतवार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे प्रमुख सचेतक र बर्ताैलालाई सचेतकमा मनोनीत गर्नुभएको हो । उहाँहरूलाई एमाले संसदीय दलको विधान २०७७ बमोजिम मनोनीत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गएकाे मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति:
थप राजनीति