नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान घटाएको छ । अनुदानमा ११ दशमलव ८ प्रतिशतले घटाएसँगै अब किसानले किन्ने मल महँगो भएको छ । मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आज साेमवार बसेको बैठकले अब आयात हुने विन्दुमा मूल्य बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्यअनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डीएपी ५० रुपैयाँ र पोटास ४० रुपैयाँ पर्नेछ । अहिले रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँमा बिक्री हुँदै आएको थियो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार यसअघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा सात रुपैयाँ र पोटास किलोमा नाै रुपैयाँले महँगो भएको छ ।
कृषि मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९ दशमलव शून्य चार प्रतिशत कायम भएको छ । जसअनुसार साविकको तुलनामा झन्डै ११ दशमलव आठ प्रतिशतमात्र अनुदान मूल्य समायोजन हुनेछ ।’ बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह समेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।