काठमाण्डौसहित पहाडी  र तराईका केही ठाउँमा आज पनि पानी पर्ने

 फागुन ३०, २०७९ मंगलबार ७:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौसहित पहाडी  र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ।

स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा स्थानीय वायुको प्रभाव दिउँसो पछि बढी सक्रिय हुन्छ । यही कारण दिउँसो पछि मेघगर्जन र चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।

आज विशेषगरी काठमाण्डौ उपत्यका र पहाडी जिल्लासहित पश्चिम तराईका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । हिजो बेलुका काठमाण्डौ उपत्यका र आसपाससहित पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि परेको थियो।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम खुल्दै गएर दिउँसो केहीबेर घाम लागे पनि दिउँसो पछि फेरि बदली भइ हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया