उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाणपत्र प्रदान

 चैत ३, २०७९ शुक्रबार २०:२६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आायाेगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रवार भएको उपराष्ट्रपति पदको चुनावमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी हुनुभएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो । उहाँलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नुभयो । 

प्रमाणपत्र प्रदान एवम् नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो । 

यादव चुनावमा ३० हजार तीन सय २८ मतभारसहित विजयी हुनुभएको हो । उहाँले सङ्घीय सांसद एक सय ८४ र प्रदेश सभाका तीन सय २९ जनाको मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Suresh Bishowkarma

    March 18, 2023, 7:12 a.m.

    Jaye bharat

  •  0 Reply

तपाईको प्रतिक्रिया