डोटीमा नेकपा सांसदलाई कालो झण्डा

 असोज २९, २०७५ सोमबार १८:५७:९ | विमल बिष्ट
unn.prixa.net

डोटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सांसद अर्चना गहतराजलाई डोटीको दिपायलमा कालो झण्डा देखाइएको छ ।

डोटी चेम्बर अफ कमर्सले दिपायलको पिपल्ला बजारमा आयोजना गरेको दसंै शुभकामना आदान प्रदान कार्यक्रममा सांसद गहतराजलाई स्थानीय युवाहरुको समूहले कालो झण्डा देखाएको हो । 

दिपायल राजधानीको प्रतिपक्षमा प्रदेश सभा बैठकमा मत हालेको भन्दै युवाहरुले उहाँको कार्यक्रम स्थलमा आएर कालो झण्डा प्रर्दशन गरेका हुन् ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएकी सांसद गहतराजले बोल्ने पालो आएपछि युवाहरुको समुूहले ‘डोटीविरोधी मत हाल्ने सांसद मुर्दावाद, दिपायल राजधानी कायम गर’ भन्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए । 

युवाहरुले प्रर्दशन गरे पनि छोटो समय लिएर बोल्दै गहतराजले आफूले नचाहादा नचाहदै पनि राजधानी अन्तै सारिएको र दिपायल राजधानी कायम गराउन नसकेको प्रति आफू पनि दुःखी भएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘मैले चाहेर पनि राजधानी दिपायल कायम गर्न सकिनँ म, दुःखी छु, माफ गर्नुहोला ।’ 

सांसाद गहतराज डोटी बाट प्रदेश सभाका लागि समानुपातिक सांसद हुनु हुन्छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया