सडक तथा सार्वजनिक ठाउँमा सुत्नेलाइ अब कारवाही गरिने

 असोज ३०, २०७५ मंगलबार ९:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

हंगेरीमा सडक लगायत सार्वजनिक ठाउँमा सुत्न नपाइने भएको छ ।

त्यहाँको संसद्ले गएको जुन महिनामा पारित गरेको कानुन लागू भएसँगै अब सार्वजनिक ठाउँमा सुतेको भेटिए कारवाही हुने हंगेरीका प्रधानमन्त्री विक्टर ओरबानले बताउनुभएको छ ।

सन् २०१३ मा सडक वा सार्वजनिक ठाउँमा सुत्नेलाई जरिवाना तिराउने गरिएकोमा अब थप कारवाही गरिने भएको बिबिसीले जनाएको छ ।

कारबाही के हुने भन्ने खबरमा उल्लेख गरिएको छैन । संयुक्त राष्ट्रसंघले भने यो कानुन मानवअधिकार विपरित भएको भन्दै आलोचना गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया