वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

 चैत १०, २०७९ शुक्रबार ६:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो।

लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।

काभ्रेको बनेपामा जन्मनुभएकी ताम्राकार उज्यालोबाट प्रसारण हुने 'कोरोना क्याप्सुल'को प्रस्तोता समेत हुनुहुन्थ्यो । 

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो । उपचारका क्रममा उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया