बेलारुसी नागरिक र सरकारी संस्थामा अमेरिकाको प्रतिबन्ध

 चैत ११, २०७९ शनिबार ६:५१:३५ | एजेन्सी
unn.prixa.net

अमेरिकाले बेलारुसका सरकारी संस्थामा प्रतिबन्ध लगाएको छ । यस्तै नौ जना बेलारुसी नागरिकलाई पनि प्रतिबन्ध लगाएको छ ।

बेलारुसमा सन् २०२० मा भएको चुनावमा धाँधली गरेको र रुसको समर्थन गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि यी सरकारी संस्था र व्यक्तिको आर्थिक कारोबार र व्यापार ठप्प हुनेछ ।  

प्रतिबन्धमा पर्नेमा बेलारुसको अटोमोबाइल प्लान्टसहित अटोमोबाइल निर्मातासमेत रहेका छन् । अमेरिकाका अनुसार ती अटोमोबाइल कम्पनीले सन् २०२० को चुनावमा धाँधली विरुद्ध शान्तिपूर्ण विरोध गर्ने श्रमिकलाई कामबाट निकालेको थियो । यस्तै, अमेरिकाले बेलारुसका १४  जनालाई भिसामा  प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले लगाएको आरोपको बेलारुसले भने खण्डन गर्दै आएको छ । रुस युक्रेन युद्धका कारण बेलारुस र अमेरिकाको सम्बन्ध चिसिएको छ । बेलारुसले रुसलाई समर्थन गर्दै आएको छ भने अमेरिकासहित पश्चिमा देशले युक्रेनको समर्थन गरिरहेका छन् । 
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया