बाजुरामा गएराति भूकम्पको धक्का

 चैत १३, २०७९ सोमबार ६:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । पछिल्लो समय बाजुरालाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प गइरहेको छ । यसअघि गएको फागुनको १० गते ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

माघको १० र १२ गते पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो । माघ १० गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । पश्चिम नेपालमा ५ सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प नगएको र त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले जोखिम कायमै रहेको भूगर्भविद्ले बताउँदै आएका छन् ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया