काठमाण्डाैमा मेयर शाहविरुद्ध प्रदर्शन

 चैत १३, २०७९ सोमबार १३:२३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्रिय सुकुम्वासी माेर्चा नेपालले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेकाे छ ।

संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले आज साेमवार मेयर साहविरुद्ध काठमाण्डाैकाे नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरेका हुन् । आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेकाे भन्दै त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी भएकाे थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया