विश्व कप छनोट प्लेअफमा क्यानडाको लगातार दोस्रो जित, अमेरिका २६ रनले पराजित

 चैत १६, २०७९ बिहिबार ६:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप छनोट प्लेअफमा क्यानडाले लगातार दोस्रो जित निकालेको छ । नामिबियाको विन्डोकमा हिजो भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अमेरिका ४७ ओभर ३ बलमा १ सय ७२ रनमा अलआउट भयो । अमेरिकाका सुशान्त मोदिनीले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । क्यानडाका साद विन जाफर र कलिम सानाले समान ३/३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो । लगातार दोस्रो जितसहित क्यानडा २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया