शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ३ जना घुससहित पक्राउ

 चैत १६, २०७९ बिहिबार १४:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवसहित तीन जना ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनी र बिचौलिया विनोद भरलाई पक्राउ गरेको हो । गिट्टी, बालुवा उत्खनन सम्बन्धमा घुस मागेको उजुरीको आधारमा उनीहरू पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अन्तिम अपडेट: भदौ १०, २०८०

तपाईको प्रतिक्रिया