आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने

 चैत १८, २०७९ शनिबार ७:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – विदेशी पर्यटकहरुले आजदेखि नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो ।

बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको छ । ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

अब नेपालमा गन्तव्यमा यात्रा गर्दा साथमा नेपाली पथप्रदर्शक अनिवार्य हुनुपर्ने पर्यटन विभागका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना पथप्रदर्शक पदयात्रामा जान नपाउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

एकल यात्रा अनुमति बन्द गर्दा पर्यटकको कुनै पनि आपत्कालीन अवस्थामा उद्धार गर्न सहयोग पुग्ने तथा पथप्रदर्शकका लागि ठूलो संख्यामा रोजगारी सृजना हुने बोर्डले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया