नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित

 चैत १८, २०७९ शनिबार ९:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाण्डौमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसग भेटका लागि बालुवाटार पुगेका छन् । 

शनिवार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् । मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ । उनीहरुले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजेपनि पाएका थिएनन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भने पनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन ।

यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन । आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए । अहिले प्रधानमन्त्री र मिटरब्याज पीडितबीचको वार्ता जारी छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया