पाकिस्तानमा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गयो

 चैत १८, २०७९ शनिबार १४:५७:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको कराचीमा रहेको एउटा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नौ जना महिला र तीन जना बालबालिका रहेका बीबीसी हिन्दीले जनाएको छ ।

रमजानको अवसरमा नि:शुल्क खाद्यान्न वितरण भइरहेको बेला केन्द्रमा आगलागी भएको हल्ला फैलिएपछि भागदौड भएको थियो । ठूलो भिड जम्मा भएको बला भागदौड हुँदा अरु कयौँ मानिस घाइते भएका र उनीहरुको उपचार भइरहेको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तानमा आर्थिक सङ्कट बढ्दै गएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ अत्यधिक बढेको छ । उपभोग्य वस्तुको भाउ बढेपछि विभिन्न ठाउँमा हुने नि:शुल्क खाद्यन्न वितरण कार्यक्रममा ठूलो भिड लाग्न थालेको छ । यसअघि अघिल्लो हप्ता पनि भिडमा किचिएर चार जना वृद्धवृद्धाको ज्यान गएको थियो ।    
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया