सप्तरी : इन्स्पेक्टरले जिल्ला अध्यक्ष कुटेकाे विराेधमा जसपाका नेता कार्यकर्ताकाे प्रदर्शन

 चैत २१, २०७९ मंगलबार १८:४८:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन थापाले रक्सी खाएर जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष केदार यादवलाई कुटपिट गरेको विरोधमा प्रदर्शन भएको छ ।

जसपाका नेता तथा कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजमा प्रहरीको विरोधमा प्रहरी कार्यालयको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका हुन् । नेता यादवले एक घटनाबारे बुझ्न जाँदा प्रहरी निरीक्षक थापाले यादवलाई कुटपिट गरी घाइते बनाएको भन्दै विराेध प्रदर्शन भएकाे हाे । 

कुटपिटबाट घाइते नेता यादवको राजविराजको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भइरहेको जसपाका विद्यार्थी नेता श्यामकुमार यादवले जानकारी दिनुभयो । 

तस्बिर : पिन्टुकुमार यादवकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया