चिनियाँ–रुसी प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, ‘दुई देशकाे सम्बन्धमा नयाँ अध्याय सुरुवात’

 चैत २२, २०७९ बुधबार ६:४४:५४ | एजेन्सी
unn.prixa.net

चीनका प्रधानमन्त्री ली छ्याङले मङ्गलवार रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग टेलिफोन वार्ता गर्नुभएको छ । टेलिफाेन वार्तामा लीले दुई देशका राष्ट्राध्यक्षको रणनीतिक निर्देशनमा नयाँ युगका लागि चीन र रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वय उच्च स्तरमा विकास भएको बताउनुभएको छ ।

चीन-रुस सम्बन्ध असंलग्नता, गैर टकराव र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगर्ने, पारस्परिक सम्मान, आपसी विश्वास र पारस्परिक लाभका सिद्धान्तहरू पालना गर्दै दुई देशको आफ्नै विकास र पुनरुत्थानमात्र नभई अन्तर्राष्ट्रिय निष्पक्षता र समर्थनलाई पनि समर्थन गर्ने उहाँले बताउनुभयो । 

यसैगरी प्रधानमन्त्री लीले चिनियाँ राष्ट्रपति सी जिनपिङकाे भर्खरैकाे रुस भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्तरूपमा द्विपक्षीय सम्बन्धको विकासको नयाँ खाका तयार गरेको कुरामा जोड दिनुभयो ।

चीन रुससँग मिलेर काम गर्न इच्छुक रहेको बताउँदै उहाँले दुई देशका सरकारी विभागहरूले दुई राष्ट्र प्रमुखले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै नयाँ विकास हासिल गर्न चीन र रुसबीचको व्यावहारिक सहयोगलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आफ्नो तर्फबाट मिशुस्टिनले रुस–चीन सम्बन्ध अन्तर्राष्ट्रिय कानुन र बहुलवादको सिद्धान्तमा आधारित रहेको र विश्व शान्ति र स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण कारक रहेको भन्दै वर्तमानमा द्विपक्षीय सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताउनुभयो । राष्ट्रपति सीको रुसको राजकीय भ्रमण पूर्णतया सफल रहेको र रुस-चीन सम्बन्धमा नयाँ अध्यायको सुरुवात भएको उहाँको टिप्पणी छ ।

रुसले चीनसँगको समन्वयको व्यापक रणनीतिक साझेदारीको कदर गर्ने र चीनसँग असल छिमेकी मित्रतालाई सुदृढ गर्नका निम्ति विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रगाढ बनाउन र दुई देशको साझा विकासमा जोड दिन इच्छुक रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया