इङ्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित, चेल्सीलाई उल्भ्सले हरायो

 चैत २६, २०७९ आइतबार ६:४६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई हराएको छ । गएराति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको हो ।

सिटीका एर्लिङ हालाण्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले एक/एक गोल गरे । साउथह्याम्पटनका सेकोउ माराले एक गोल फर्काए । जितसँगै सिटीले २९ खेलमा ६७ अङ्क जोडेको छ । सिटी अङ्कतालिकाको दोस्रो स्थानमा छ ।

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सीलाई उल्भ्सले १–० गोलले हराएको हो । उल्भ्सका माथुएस नुनेसले खेलको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उल्भ्सले ३० खेलमा ३१ अङ्क जोडेको छ । उल्भ्स १२औँ स्थानमा छ । समान खेलमा चेल्सी ३९ अङ्कका साथ ११औँ स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत गएराति नै भएका खेलमा टोटनह्यामले ब्राइटनलाई र न्युक्यासलले ब्रेन्टफोर्डलाई समान २–१ गोलले हराएको छ । एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई २–० ले हरायो । वेस्ट ह्यामले फुलह्यामलाई तथा बर्नमाउथले लेस्टर सिटीलाई १–० गोलले हराएको छ ।

हिजो भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० गोलले हराएको थियो । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया