१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । आज बिहान साढे ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाण्डौ दोस्रो सूचीमा रहेको हो ।
केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । काठमाण्डौको एक्यूआई अहिले १ सय ९२ रहेको छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ ।
यस्तै, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेको छ ।
डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ ।
५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Santos tharu
April 16, 2023, 10:32 a.m.अब हुदा हुदै हावामा पनि भ्रष्टाचार! चोर नेताहरूलाइ कुर्चीको बारेमा मात्र थाहा छ दायाँ बायाँ,वरिपरि के कस्तो छ भनेर पनि बुझ्न परेको के सरकार लाजमर्दो कुरा भयो। नेपालका लाज पचााएरबसेका भुसिया नेताहरू कमसे कम राजधानि जस्तो सहरलाई त व्यवस्थित गर कि सरकार भारतलाइ पो जिम्मेवारी दिने हो कि?