पश्चिमी वायुको प्रणाली नेपाल भित्रिँदै, भोलि दिउँसोदेखि तुवाँलो हट्ने सम्भावना

 वैशाख ५, २०८० मंगलबार ८:१०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ ।

‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भन्नुभयो –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल हुन्छ । हावाहुरी चल्ने र पानी पर्ने सम्भावना रहन्छ ।’ पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने यो प्रणालीको प्रभाव देशका धेरै ठाउँमा पर्ने सम्भावना छ ।

पश्चिमका केही ठाउँमा पानी पनि पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् । केही दिनदेखि वर्षा नहुँदा आगलागी र डढेलोका घटना बढेका छन् । यसले गर्दा वायु प्रदूषण बढेको छ । प्रदूषणका कारण तुवाँलो लाग्दै आएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया