नेभिगेशन
आइतबार, असोज ४, २०८३

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकाे कीर्तिमानी याेगफल

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपअन्तर्गत ओमानसँगकाे खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी याेगफल बनाएकाे छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय १० रन बनाएकाे हाे । याे नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएकाे अहिलेसम्मकै उच्च याेगफल हाे । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएकाे पीएनजीसँगकाे खेलमा दुई सय ९७ रन बनाएकाे थियाे ।

र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतक बनाए । ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा एक सय आठ रन बनाए । खेलको सुरुवात निकै खराब भए पनि मध्यक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।

 सम्बन्धित समाचार

प्रकाशित मिति:
थप खेलकुद