नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

काठमाण्डौको टोखामा आगलागी हुँदा पाँच वटा सटर जले

काठमाण्डाै - काठमाण्डौको टोखामा हिजो बेलुका आगलागी हुँदा पाँच वटा सटर जलेका छन् ।

ग्राण्डी अस्पताल नजिक रहेको मासु पसलमा लागेको आगोले सँगै जोडिएका पाँच वटा सटरमा क्षति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मासु पोल्दा ग्यास सिलिण्डर लिक भएर सल्किएको आगो छेउछाउका सटरमा पनि फैलिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र पानी ट्याङ्करको सहायताले आगो निभाइएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।
 

प्रकाशित मिति:
थप समाज
आइतवारदेखि वर्षा र हिमपातको सम्भावना

आइतवारदेखि वर्षा र हिमपातको सम्भावना