खोप लगाउन छुटेका बालबालिकाका लागि फेरि खोप अभियान सञ्चालन हुने

 वैशाख ९, २०८० शनिबार ७:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ ।

खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन  छुटेका बालबालिकालाई नजिकको   स्वास्थ्य  संस्थामा  गइ खोप  लगाउन  मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ ।

घर छिमेकमा  कसैले  खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ । मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ । 

तस्बिर : स्वास्थ्य मन्त्रालय 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया