स्याङजामा जीप दुर्घटना, एकको मृत्यु २० घाइते

 कात्तिक ४, २०७५ आइतबार २०:३१:५२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – स्याङजाको गल्याङ नगरपालिका–७, धरादीमा भएको जीप दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । 

दुर्घटनामा परि गल्याङ–७, कै ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो । 

गल्याङ् नगरपालिका–७ सिरौंसाबाट गल्याङबजारका लागि छुटेको लु १ ज ३३८० नम्बरको बलेरो जीप गल्याङको घराङ्दी दुर्घटना भएको भएको वडा प्रहरी कार्यालय वालिङ् प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यले जानकारी दिनुभयो । 

दुर्घटनाका घाइतेलार्ई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । गुडिरहेको जीप अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
जीपमा दसैं मनाएर गाँउबाट फर्किएका यात्रुहरु रहेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया