रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराती

 वैशाख १५, २०८० शुक्रबार १६:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासङ्घ नेपालद्वारा संयुक्तरूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्ताे बताउनुभएकाे हाे । उहाँले नागरिकले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनुभयो । नागरिककाे विश्वासमाथि सम्मान गर्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘रवि लामिछानेजीलाई उहाँले छानेको मन्त्रालय दिएर लैजाऔँ । नागरिककाे विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ?’

मन्त्री किरातीले नागरिकले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनुभयो । उहाँले नेपालीहरू कोही पनि एकअर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनुभयो । देश आर्थिक सङ्कटमा रहेकाले कुनै पनि पार्टीलाई प्रतिपक्षमा नबस्न उहाँकाे आग्रह छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया