नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको २५औँ वार्षिकोत्सव आज

काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले आज २५औँ वार्षिकोत्सव मनाउँदैछ ।

२०५५ साल वैशाख १६ गते स्थापना भएको कम्यूनिकेसन कर्नरले रेडियो तालिम र रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै २०५८ सालदेखि रेडियो नेटवर्कबाट बिहानी समाचार पत्रिका कायाकैरन सुरु गरेको थियो ।

संस्थाले २०६३ सालदेखि देशव्यापी स्याटलाइट रेडियो, काठमाण्डौमा उज्यालो एफएम ९० मेगाहर्ज र २०६८ सालदेखि ‘उज्यालो अनलाइन डटकम’ सञ्चालन गर्दै आएको छ ।

कम्यूनिकेसन कर्नरको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियोले बदलिँदो परिवेशअनुसारका विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले रेडियोको आवश्यकता र प्रभावकारिता अझै रहेकाले रेडियोको सङ्कट समाधानको लागि सरकारले पनि आफ्नो ठाउँबाट सहयोग गर्ने बताउनुभयो । 

प्रकाशित मिति:
थप समाज