आईपीएल क्रिकेटमा मुम्बईले राजस्थानलाई ६ विकेटले हरायो

 वैशाख १८, २०८० सोमबार ६:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

गएराति वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका टिम डेविड ४५ रनमा र तिलक बर्मा २९ रनमा अविजित रहे ।

सूर्यकुमार यादव ५५ रनमा आउट भए । क्यामरन ग्रीनले ४४ रन जोडे । राजस्थानका रविचन्द्रन आश्विनले दुई तथा ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

राजस्थानका यशस्वी जैसवालले १ सय २४ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । आईपीएल क्रिकेटमा उनको यो पहिलो शतक हो । मुम्बईका अर्शद खानले तीन, पीयूष चवालाले दुई, जोफ्रा आर्चर, राइली मेरीडिथले एक/एक विकेट लिए ।

जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायमै राखेको छ । मुम्बई ८ खेलमा ४ जितसहित अङ्कतालिकाको सातौँ स्थानमा छ । राजस्थान ९ खेलमा ५ जितसहित तेस्रो स्थानमा छ । हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको थियो ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया