इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

 वैशाख २४, २०८० आइतबार ६:३५:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् ।

गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ।

अर्को खेलमा चेल्सीले बर्नमाउथलाई ३–१ गोलले हराएको हो । चेल्सीका कोनर गल्लाघर, बेनोइट बाडियाशिले र जोआ फेलिक्सले गोल गरे । 

बर्नमाउथका माथियास भिनाले एक गोल फर्काए । जितसँगै चेल्सीले ३४ खेलमा ४२ अङ्क जोडेको छ । चेल्सी ११ औँ स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई २–१ गोलले हराएको हो ।

सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए ।

जितसँगै सिटीको ३४ खेलमा ८२ अङ्क भएको छ । अरु खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई र उल्भ्सले एस्टन भिल्लालाई १–० ले हराएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया