आईपीएल क्रिकेटमा राजस्थानलाई चार विकेटले हराउँदै हैदराबाद विजयी

 बैशाख २५, २०८० सोमबार ६:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो । हैदराबादका लागि अभिषेक शर्माले अर्धशतकीय पारी खेले । उनले ५५ रन जोडे भने राहुल त्रिपाठीले ४७ रन बनाए ।

यस्तै, अनमोलप्रित सिंहले ३३, हेनरिक केल्सनले २६, ग्लेन फिलिप्सले २५, अब्दुल सामदले १७ रन बनाए ।  राजस्थानका लागि युजभेन्द्र चहलले ४ विकेट लिए भने कुलदीप यादव र रविचन्द्रन आश्विनले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । राजस्थानका लागि जस बटलरले ९५ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

यस्तै, सन्जु सामसनले पनि ६६ रनको अर्धशतकीय पारी खेले । यशभी जैसवालले ३५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले १/१ विकेट लिए ।  

जितसँगै हैदराबाद १० खेलमा ८ अंक जोडेर नवौँ स्थानमा छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । यसअघि हिजोको पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले हराएको थियो  । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया