आईपीएल क्रिकेटमा मुम्बईले बेंग्लोरलाई ६ विकेटले हरायो

 वैशाख २७, २०८० बुधबार ६:३०:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । 

वाङखडेमा टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

मुम्बईका सूर्यकुमार यादवले ८३, नेहाल वादेराले अविजित ५२ र इशान किशनले ४२ रन जोडे ।

त्यसअघि बेंग्लोरका कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले शतकीय साझेदारीमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

कप्तान फाफ डु प्लेसिसले ६५ तथा म्याक्सवेलले ६८ रन जोडे । जितसँगै मुम्बई ११ खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा बेंग्लोर १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया