पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

 जेठ ३, २०८० बुधबार ६:४५:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ ।

कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो ।

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ ।

दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया