पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । जितसँगै बेङ्लाेरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितका लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले १९ ओभर २ बलमा २ विकेट गुमाउँदै भेट्टायो । उसका ओपनर विराट कोहलीले शतकीय पारी खेले । कोहलीले ६३ बलमा एक सय रन जोडे ।
त्यस्तै, फाफ डु प्लेसिस ७१ रनमा आउट भए । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे । हैदराबादका टी नटराजन र भुवनेश्वर कुमारले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।
हैदराबादका हेनरिक क्लासेनले ५१ बलमा सर्वाधिक १ सय ४ रन बनाए । क्लासेनको आईपीएलमा पहिलो शतक पनि हो । ह्यारी ब्रुक २७ रनमा अविजित रहे । कप्तान एडेन माक्ररम १८ रनमा आउट भए । ओपनर अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए ।
बेङ्लाेरका माइकल ब्रेसवेलले २ विकेट लिए । मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदले समान एक/एक विकेट लिए । बेङ्लाेर १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको छ । समान १३ खेलमा ८ अङ्क रहेको हैदराबाद पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।