पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भारतीय कङ्ग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले कर्नाटकको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । सिद्धारमैयाले आज कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको हो ।
यस्तै,उपमुख्यमन्त्रीका रुपमा कङ्ग्रेसका कर्नाटक राज्य अध्यक्ष डीके शिवकुमारले शपथ लिनुभएको छ । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेङ्लाेरकाे कांतिरवा रङ्गशालामा शपथ लिएका बीबीसी हिन्दीले जनाएको छ ।
सिद्धारमैया यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि कर्नाटकको १४औँ मुख्यमन्त्रीका रूपमा रहनुभएको थियो । ग्रामीणस्तरमा निकै मन पराइएका सिद्धारमैयालाई कर्नाटकका अत्यधिक लोकप्रिय नेताका रुपमा चिनिने बीबीसी हिन्दीले जनाएको छ ।
मे १० मा भएको चुनावमा भारतीय जनता पार्टीलाई हराउँदै कर्नाटकमा कङ्ग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कांग्रेसले १३५ स्थानमा जित हात पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।